← समाचारमा फर्कनुस्
गोदावरी र सेन्टजोसेफ क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरको गोदावरी स्कुल र सेन्ट जोसेफ स्कुल क्वाटरफाइनलमा पुगेका छन् ।
विराटनगरको सहिद मैदानमा शुक्रबार भएको पहिलो खेलमा गोदावरी स्कुलले गौतम बुद्ध स्कुललाई ३–१ गोलले हराउँदै गोदावरी क्वाटरफाइनलमा पुगेको हो । जितको लागि गोदावरीका एजन राईले ह्याट्रिक गर्दै तीन गोल गरे । सान्तवना गोल गौतमबुद्ध स्कुलका प्रशिद्ध कुवरले फर्र्काए ।
गोदावरीका एजन राई प्लेर अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा सेन्ट जोसेफ स्कुलले स्टार स्कुललाई ३–० गोलले पराजित गर्यो । जितको सेन्टजोसेफका निशान्त सिलवाल, प्रवेश गुरुङले गोल गरे ।
दोस्रो खेलको प्लेर अफ द म्याच सेन्ट जोसेफका निसाद सिटौला घोषित भए ।
शनिबारको पहिलो खेल ग्यालेक्सी र एभरेस्टबीच हुनेछ भने दोस्रो खेल मोडर्न एरा र सनसाईन स्कुलबीच हुनेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |