← समाचारमा फर्कनुस्
जर्मनीको लगातार दोस्रो जित

काठमाडौं । समूह 'ए' मा रहेको आयोजक राष्ट्र जर्मनीले युरोकप २०२४ मा लगातार दोस्रो जित निकालेको छ।
गएराति सम्पन्न खेलमा जर्मनीले हंगेरीमाथि २–० को जित निकालेको हो।
जर्मनीको जितमा जमाल मुसियाला र गुन्डोगनले समान एक गोल गरे।
खेलको २२औँ मिनेटमा गुन्डोगनको पासमा जमलले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए।
पहिलो हफमा एक शून्यको अग्रता बनाएको जर्मनीका लागि ६७औँ मिनेटमा गुन्डोगनले गोल गर्दै २–० को सहज जित दिलाए। समूह ए मा रहेको जर्मनीले यसअघि आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाइ ५-१ गोलले पराजित गरेको थियो।
यसै समूहको अर्को खेलमा स्वीट्जरल्यान्डले स्कटल्न्डसँग १–१ गोलको बराबरी खेलको छ।
जितसँगै दुई खेलबाट छ अंक जोडेको छ। समान खेलबाट पराजित हंगेरी अंक विहिन रहेको छ। समान खेलबाट ४ अंक जोडेको हंगेरी दोस्रो स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |