युरोकप : स्कटल्यान्डविरुद्ध जर्मनी ५-१ ले विजयी

काठमाडौं । यूइएफए यूरोकप २०२४ अन्तर्गत उद्घाटन खेलमा जर्मनीले स्कटल्यान्डिवरुद्ध फराकिलो जित हासिल गरेको छ।
आयोजक राष्ट्र जर्मनीको म्युनिखस्थित एलिएन्ज एरेना रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले स्कटल्यान्डमाथि ५-१ को सहज जित हासिल गरेको हाे।
जर्मनीका लागि फ्लोरियन विर्ट्जले खेलको दशै मिनेटमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए।
१९औं मिनेटमा जमल मुसियालाको गोलमा जर्मनीले अग्रता दोब्बर बनायो।
४४औँ मिनेटमा स्कटल्यान्ड १० खेलाडीमा समेटिएको छ। उसका रायन पोर्टियसले रातो कार्ड ब्यहोरेका थिए।
पहिलो हाफको अतिरिक्त समयमा प्राप्त पेनाल्टीलाई काई हावर्ट्ज गोलमा परिर्णत गर्दै जर्मनीलाई पहिलो हाफमै ३-० को आरामदायी अग्रता दिलाए।
६८औं मिनेटमा निक्लास फुइलक्रगले गोल गरेपछि खेलमा जर्मनी ४-० ले अघि बढ्यो। ८७औं मिनेटमा स्कटल्यान्डले उपहार गोल पायो।
जर्मनी एन्टोनियो रुडिगरले आफ्नै पोस्टमा गोल गरे। स्कटल्यान्डका लागि रुडिगरले गरेको उक्त गोल सान्त्वना बन्यो।
अतिरिक्त समयको तेस्रो मिनेटमा एमरे क्यानको गोलमा जर्मनी ५-१ ले विजयी भयो। त्यसपछि बाँकी समय थप गोल नहुँदा जर्मनी ५-१ ले विजयी भयो।
जितसँगै समूह 'ए' मा रहेको आयोजक जर्मनी तीन अंक जोड्दै प्रतियोगिता सुखद शुरुआत गरेको छ। यता, स्कटल्यान्डले भने पराजयबाट प्रतियोगिताको शुरुआत गरेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |