← समाचारमा फर्कनुस्
जर्मनी क्वाटर फाइनलमा प्रवेश

काइ हाभर्ट्ज र जमाल मुसियालाले दोस्रो हाफमा गरेको गोलले जर्मनीलाई युइएफए युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राती सिग्नल ईदुना पार्क डर्टमन्डमा भएको खेलमा जर्मनीले डेनमार्कलाई २-० गोलले पराजित गरेको हो।
खेलको ५३ओं मिनेटमा काइ हाभर्ट्जले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाए। डि-बक्स भित्र डेनमार्कका खेलाडीको हातमा बलले लागेपछि जर्मनीले पेनाल्टी पाएको थियो।
त्यस्तै खेलको ६८औं मिनेटमा जमाल मुसियालाले डिफेण्डरले दिएको लंग थ्रुबल पासमा डेनमार्कका डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट गोल गर्दै जित पक्का गरेको थियो।
अब जर्मनीले स्पेन र जर्जिया बिच विजेतासंग क्वाटरफाइनलमा जुलाई ६ मा खेल्ने छ।
AFP via Getty Images
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |