← समाचारमा फर्कनुस्
Football Jun 24, 2024 · Swadesh

जर्मन र स्वीट्जरल्यान्ड अन्तिम १६ मा

जर्मन र स्वीट्जरल्यान्ड अन्तिम १६ मा

काठमाडौं । जर्मनी र स्वीट्जरल्यान्डले युरो २०२४ को अन्तिम १६ (प्रि-क्वाटरफाइलन)मा स्थान प्रवेश गरेका छन्।

सोमबार बिहान सकिएको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेल्दै अन्तिम-१६ मा पुग्न सफल भएका हुन्।

खेलको २८औं मिनेटमा स्वीट्जरल्यान्डका डान नोडेले रेमो फ्युलरको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता स्वीट्जरल्यान्डले अन्तिम समयमा जोगाउन भने सकेन।

अतिरिक्त समयको दोस्रो मिनेटमा जर्मनीका निकोलस फुलक्रुगले डेभिड राउमको पासमा गोल गर्दै खेल १-१ बराबरीमा टुंग्याए।

समूह 'ए'मा जर्मनी ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्दा स्वीट्जरल्यान्ड ५ अंकका साथ दोस्रो स्थानमा रहेर अघिल्लो चरणको यात्रा तय गर्न सफल भयो।



यही समूहमा रहेको अर्को खेलमा हंगेरीले स्कटल्यान्डमाथि १-० को जित निकालेको छ। अतिरिक्त समयको दशौं मिनेटमा हंगेरीका लागि केभिन सोबोथले गोलगर्दै जित दिलाएका थिए।

दोस्रो हाफको मध्यमा बर्नाबास भार्गाको गम्भीर चोटले खेललाई ओझेलमा पारेको थियो। हंगेरीका फरवार्डलाई अस्पताल लगिएको थियो र उनको अनुहारका धेरै चोट लागेको छ।

युरो २०२४ मा चार उत्कृष्ट तेस्रो स्थानका टोलीहरूमध्ये एकको रूपमा १६ को राउन्डमा पुग्न हंगेरीको तीन अंक पर्याप्त भएको छ। यता धेरै चोट लागेका भार्गाले प्रतियोगिताको बाँकी खेल गुमाउन सक्छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →