← समाचारमा फर्कनुस्
Football Sep 08, 2024 · Swadesh

हंगेरीमाथि जर्मनीको सहज जित

हंगेरीमाथि जर्मनीको सहज जित

काठमाडौं । युइएफए नेसन्स लिगमा जर्मनीले शानदार जित हासिल गरेको छ। 

शनिबार राति भएको खेलमा जर्मनीले हंगेरीमाथि ५–० गोल अन्तरको जित हासिल गरेको हो । 

जर्मनीको जितमा निकलस फुलक्रग, जमाल मुसिएला, फ्लोरियन विट्ज, एलेक्जेन्डर पाभलोभिक र केइ हार्भाटेजले एक एक गोल गरेका थिए।

खेलको २७औं मिनेटमा जमाल मुसिएलाको क्रसपासमा निकलस फुलक्रगले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा १ गोल गरेको जर्मनीले दोस्रो हाफमा थप ४ गोल थपेको थियो। 

५७औं मिनेटमा विट्जको पासमा मुसिएलाले गोल गर्दै अग्रता दोब्बर बनाए। जर्मनीले तेस्रो गोल ६६औं मिनेटमा गरेको थियो। मुसिएलाको पासमा विट्जले डीबक्सभित्रबाट उत्कृष्ट गोल गरेका थिए। 

७७औं मिनेटमा मुसिएलाकै पासमा एलेक्जेन्डर पाभलोभिकले गोल गरेपछि जर्मनी ४–० ले अघि बढेको थियो। ८१औं मिनेटमा हंगेरीका विली ओर्वानले हार्भाटेजलाई डी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गर्दै जर्मनीलाई ५–० को जीत दिलाए।

यही समूहमा रहेको नेदरल्याण्ड्सले बोस्निया हर्ज गोभिनालाई ५–२ गोल अन्तरले पराजित गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →