← समाचारमा फर्कनुस्
यूरोकप २०२४ : बराबरी खेल्दै चेक रिपब्लिक र जर्जियाले अंक बाँडे

चेक रिपब्लिक र जर्जियाले युरोकप २०२४ मा बराबरी खेल्दै अंक बाँडेका छन्।
शनिबार भएको समूह एफ अन्तर्गतको खेलमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
पहिलो हाफको अतिरिक्त समयको चौथो मिनेटमा जर्जेस मिकाउटाडजेले पेनाल्टीमा गोल गर्दै जर्जियालाई सुरुआती अग्रता दिलाएका थिए।
तर, ५९औँ मिनेटमा प्याट्रिक शिकले गोल गर्दै खेल १–१ गोलको बराबरी अवस्थामा ल्याए।
त्यसपछि बाँकी समय थप गोल नहुँदा खेल १–१ को बराबरीमा सकियो।
यो नतिजासँगै पहिलो खेलमा पराजित दुबै टोलीले दोस्रो खेलबाट एक एक अंक बटुलेका छन्।
सोहि समूहको दोस्रो खेलमा शीर्ष स्थानको टर्की र दोस्रो स्थानको पोर्चुगल आमनेसामने हुँदैछन्। यो खेल नेपालीसमयअनुसार ९:४५ बजेबाट सुरु हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |