← समाचारमा फर्कनुस्
Cricket Jul 10, 2024 · Swadesh

गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक

गौतम गम्भीर भारतीय टोलीको मुख्य प्रशिक्षक

काठमाडौं । गौतम गम्भीर भारतीय राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएका छन्।

भारतले २०११ को विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी रहेका गम्भीर आइपिल टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए। उनको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल जितेको थियो।

उनले अब भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको स्थान लिने छन्। हालै सम्पन्न टी-२० विश्वकप पछि द्रविडको प्रशिक्षकको कार्यकाल सकिएको थियो।

भारतीय क्रिकेटका ओपनर रहेका गौतमले भारतका लागि ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

यस क्रममा उनले टेस्ट क्रिकेटमा ९ शतक र २२ अर्धशतकसहित ४१५४ रन, एकदिवसीय क्रिकेटमा ११ शतक र ३४ अर्धशतकसहित ५२३८ रन र टी-२० मा ७ अर्धशतकसहित ९३२ रन बनाएका छन्।

टी २० विश्वकप २०२४ पछि, भारतको युवा टोली जिम्बाब्वेको भ्रमणमा छ। त्यहाँ भीभीएस लक्ष्मणले प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →