← समाचारमा फर्कनुस्
Cricket Sep 21, 2024 · Swadesh

जीआईसी इन्सुरेन्सलाई सीई कर्पोरेट क्रिकेटको उपाधि

जीआईसी इन्सुरेन्सलाई सीई कर्पोरेट क्रिकेटको उपाधि

काठमाडौं । सानिमा जीआईसी इन्सुरेन्सले सीई कर्पोरेट टी–१० इन्डोर क्रिकेट प्रतियोगिता दोस्रो संस्करणको उपाधि जितेको छ। 

शुक्रबार राति काठमाडौं चुनिखेल स्थित रोयल स्पोर्ट्स पार्कमा सम्पन्न फाइनलमा सानिमाले एनएलजी इन्सुरेन्सलाई १६ रनले पराजित गर्यो। सेमीफाइनलमा एनएलजीले सिद्धार्थ बैंकलाई तथा सानिमाले डिफेन्डिङ च्याम्पियन सलिकोलाई पराजित गरेको थियो। 

सानिमा जीआईसीले लिएको ६४ रनको लक्ष्य पछ्याएको एनएलजी इन्सुरेन्सले ९ ओभरमा सबै ७ विकेट गुमाएर ४७ रन मात्र बनाउन सक्यो।

एनएलजीको ब्याटिंगमा समिर खड्काले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न असफल रहे। सानिमाका बलर कृष्ण रिमाल र निराजन बोहराले समान २ विकेट तथा अनिल भुजेल र गौरभ गौतमले १र१ विकेट लिए। 

यस अघि टस हारेर ब्याटिंग गरेको सानिमा जीआईसीले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ६३ रन बनाएको थियो। १९ रनमा ४ विकेट गुमाएको अवस्थामा पाँचौ विकेटको लागि अभिषेक पोखरेल र अनिल भुजेलले अविजित ४४ रनको साझेदारी गर्दै टिमलाई उकासेका थिए। प्लेयर अफ द फाइनल घोषित अभिषेकले २५ बलमा २ चौका र १ छक्का मद्दतले २९ तथा अनिलले १२ बलमा ११ रन बनाए। एनएलजीका गिरिजा खड्काले २ तथा समिर खड्काले १ विकेट लिए। 

उपाधि विजेता सानिमा जीआईसी ६० हजार रुपैयाँ तथा उप(विजेता एनएलजी इन्सुरेन्सले ३० हजार रुपैयाँ प्राप्त गर्यो। प्रतियोगिताकै उत्कृस्ट खेलाडी ूकिंग अफ द सिरिजू एनएलजी इन्सुरेन्सका राम प्रकाश मण्डल घोषित भए जसले १० हजार रुपैयाँ पाए। यस्तै उत्कृस्ट बलर एनएलजीका सुजन लाल श्रेष्ठ, उत्कृस्ट ब्याटर रिलायबल लाइफ इन्सुरेन्सका कल्याण राज हलवाई तथा उत्कृस्ट विकेटकिपर एनएलजीका गिरिजा खड्का घोषित भए जसले ५र५ हजार रुपैयाँ पाए। 

सीई कन्स्ट्रक्सनद्वारा आयोजित प्रतियोगितामा १२ कर्पोरेट टिमको सहभागिता रहेको थियो। दुई दिन चलेको प्रतियोगिता लिग कम नक आउट फर्म्याटमा खेलाइएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →