मोरक्कोको चुनौती समाप्त पार्दै फ्रान्स सेमिफाइनलमा

फ्रान्सले विश्वकप २०२६ को सेमिफाइनलमा शुक्रबार आफ्नो स्थान सुरक्षित गरेको छ । बोस्टन स्टेडियममा भएको खेलमा फ्रान्सले दोस्रो हाफको दुई गोलको मदतले मोरक्कोको चुनौती २–० ले समाप्त पारेको हो ।
अब फ्रान्सले लगातार तेस्रो पल्ट फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीच हुने खेलको विजेताको सामना गर्नेछ । फ्रान्स सन् २०१८ को विश्वकपको विजेता हो भने त्यसको चार वर्षपछि फाइनलमा पराजित भएको थियो ।
बलियो फ्रान्सका लागि किलियन एमबापे र ओसमन डेम्बेलेले छ मिनेटको अन्तरमा एक एक गोल गरे । खेलको २८ औं मिनेटमा एमबापे पेनाल्टीबाट गोल गर्न चुकेका थिए । तर उनले ६० औं मिनेटमा पेनाल्टी एरियाबाट आकर्षक गोल गरे ।
यससँगै यस विश्वकपमा उनको गोल संख्या आठ पुगेको छ । समग्रमा उनको यो विश्वकपको २० औं गोल हो । ओसमन डेम्बेलेले ६६ औं मिनेटमा अर्को उत्कृष्ट गोल थपे र फ्रान्सको जित निश्चित गरे ।
हारले मोरक्कोको चुनौती समाप्त भएको छ । पछिल्लो विश्वकपमा सेमिफाइनल खेलेको मोरक्को अब घर फर्कने छ । यससँगै प्रतियोगितामा अफ्रिकाको चुनौती पनि समाप्त भएको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |