← समाचारमा फर्कनुस्
Football Jul 14, 2026 · Swadesh

फाइनल प्रवेशका लागि फ्रान्स र स्पेन भिड्दै

फाइनल प्रवेशका लागि फ्रान्स र स्पेन भिड्दै

काठमाडौं। फिफा विश्वकपअन्तर्गत पहिलो सेमिफाइनलमा आज राति फ्रान्स र स्पेन आमनेसामने हुँदैछन्।

अमेरिकाको डलासस्थित रंगशालामा हुने यो खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ।

उपाधिका प्रबल दाबेदार मानिएका यी दुई टोलीबीचको प्रतिस्पर्धालाई यस विश्वकपकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एकका रूपमा हेरिएको छ।

यस खेलको विजेताले उपाधिका लागि इङ्ग्ल्यान्ड वा अर्जेन्टिनामध्ये एकसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै यस विश्वकपमा लगातार छैटौं जित दर्ता गरेको थियो। स्पेनलाई पनि हराउन सके फ्रान्स विश्वकप इतिहासमा लगातार सात खेल जित्ने दोस्रो युरोपेली टोली बन्नेछ।

यसअघि इटालीले सन् १९३४ र १९३८ को विश्वकपमा लगातार सात खेल जित्दै उक्त कीर्तिमान बनाएको थियो। फ्रान्सका लागि यो विश्वकपको अन्तिम चारमा पुगेको आठौं अवसर हो।

यता, स्पेनले क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले हराउँदै सन् २०१० यता पहिलोपटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो। सन् २०१० मै स्पेनले पहिलोपटक विश्वकपको उपाधि जितेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →