← समाचारमा फर्कनुस्
Football Jul 06, 2024 · Swadesh

पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा

पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा

जारी युरो कप २०२४ मा फ्रान्सले पोर्चुगललाई पराजित गरेको छ। यस जित संगै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ। टाइब्रेकरमा फ्रान्सले ५-३ ले खेल जितेको हो।


जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनल खेलमा निर्धारित ९० मिनेट गोल रहित बराबरी पछि खेल अतिरिक्त समयमा ढकेलेको थियो । त्यसमा पनि गोलरहित बराबरीमा सकिँए पछि खेल टाइब्रेकरमा अघि बढेको थियो। 


टाइब्रेकरमा पोर्चुगलका लागि रोनाल्डो, सिल्भा र मेनडसले गोल गरेको थियो भने जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर गोल हुन् लकेनन्। 

फ्रान्सका लागि डेम्बेले, फोफाना, कोउण्डे, होरकोला र हर्नेनडेजले गोल गरेको थियो।


पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। 

अब स्पेन र फ्रान्सले सेमिफाइनलमा खेल्नेछन् ।


शनिबार हुने तेस्रो क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड भिड्ने छ भने अन्तिम क्वाटरफाइनलमा नेदरल्यान्ड्सले टर्कीको सामना गर्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →