TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jul 09, 2026 · Swadesh

फ्रान्स र मोरक्को सेमिफाइनल प्रवेशका लागि भिड्दै

फ्रान्स र मोरक्को सेमिफाइनल प्रवेशका लागि भिड्दै

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनल प्रवेशका लागि साविक उपविजेता फ्रान्स र मोरक्को शुक्रबार आमनेसामने हुँदैछन्।

फ्रान्स र मोरक्कोबीचको क्वार्टरफाइनल खेल शुक्रबार बिहान १:४५ बजे अमेरिकाको बोस्टन स्टेडियममा हुनेछ।

फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो भने मोरक्कोले सह–आयोजक क्यानडालाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको थियो।

यी दुई टोली यसअघि २०२२ को कतार विश्वकपको सेमिफाइनलमा पनि आमनेसामने भएका थिए। त्यसबेला फ्रान्सले मोरक्कोलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। त्यसैले मोरक्को यसपटक पुरानो हारको बदला लिने लक्ष्यमा हुनेछ भने फ्रान्स लगातार अर्को सेमिफाइनल यात्रा तय गर्ने प्रयासमा रहनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group C
1 Brazil 3 7
2 Morocco 3 7
3 Scotland 3 3
4 Haiti 3 0
सबै समूह →