तेस्रो प्याब्सन कपः फइनलमा डिपिएस र ग्यालेक्सी भिड्दै

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप पफ्टुबल टुर्नामेन्टको पफइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) र ग्यालेक्सी स्कुल पुगेको छ । असार ६ गते विराटनगरको सहिद मैदानमा हुने पफइलनमा उपाधिको लागि डिपिएस र ग्यलेक्सी भिड्ने भएका हुन् ।
मंगलबार भएको दोस्रो सेमिपफइनल खेलमा डिपिएसले गोदावारी स्कुललाई ४–० गोलले पराजित गर्यो । जितको लागि डिपिएसका इमान खवास र जेनियूल विष्टले समान २–२ गोल गरे । खेलको प्लेर अपफ् द म्याच विष्ट घोषित भए ।
पहिलो सेमिपफइनल खेलमा मोर्डन एरा स्कुललाई टाइब्रेकरमा ३– २ गोलले हराउँदै ग्यालेक्सी पफइनलमा पुगेको थियो ।
प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगितामा विराटनगरका २२ वटा विद्यालयले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले नगद २५ हजार र उपबिजेताले नगद ११ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न कबिर ५ लाख रुपैयाँ लाग्ने प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । प्रतियोगिताको विभिन्न ८ वटा विधामा पुरस्कार वितरण गरिनेछ । विद्यालय स्तरबाट पफ्टुबल खेलको विकास गर्नुको साथै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको हो ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |