← समाचारमा फर्कनुस्
Football Aug 01, 2026 · Swadesh

अगाडि नबढ्ने भयो फिफाको विवादास्पद योजना

अगाडि नबढ्ने भयो फिफाको विवादास्पद योजना

अन्ततः अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को विश्वकपसँगै आफ्ना ठूला प्रतियोगिताको सेयर विक्री गर्ने विवादास्पद योजना अगाडि नबढ्ने भएको छ र यो सुरु हुने वित्तिकै तुहिएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार आफ्नो योजना फिर्ता लिएको बताएका छन् ।

आफ्नो प्रस्तावको व्यापक विरोध भएपछि इन्फान्टिनाले यो निर्णय गर्न बाधय भएका हुन् । युरोपेली फुटबल महासंघ (यूईएफए) ले फिफाको यो प्रस्ताव कायम रहेसम्म विश्वकप नै बहिस्कार गर्ने धम्की दिएपछि फिफा दबाबमा आएको थियो ।

एसियाली फुटबल महासंघ (एएफपी) लगायत अरू महासंघ पनि यो योजनाको विरोधमा उत्रेको थियो । इन्फान्टिनोले भनेका छन्, यो योजनाले विश्व फुटबलमा विभाजन गर्ने काम गरेको छ, त्यसैले अब यो प्रस्तावलाई अब अगाडि बढाइने छैन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →