यी हुन् युरोकपको अन्तिम १६ पुग्ने टोली

काठमाण्डौं । जर्मनीमा जारी युरोकप २०२४ काे समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ।
बुधबार राति र बिहिवार बिहान समूह चरणका चार खेल सम्पन्न भएसँगै अन्तिमा १६ पुग्ने टोलीको तय भएको हो।
समूह 'ए' बाट आयोजक जर्मनी सात अंकसहित समूह विजेता हुँदा पाँच अंक जोडेको स्वीट्जरल्यान्ड उपविजेता बन्यो।
समूह 'बी' बाट स्पेन शतप्रतिशत जितसहित नौ अंक जाेडेर समूह विजेता बन्दा चार अंक जोडेको इटाली उपविजेता रह्यो।
समूह 'सी' बाट पाँच अंक जोडेको इंग्ल्यान्ड समूह विजेता बन्दा तीन अंक रहेको डेनर्माक उपविजेता तथा स्लोभानिया उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा पुग्यो।
समूह 'डी' बाट छ अंकसहित अस्ट्रिया समूह विजेता हुँदा पाँच अंक जोडेको फ्रान्स उपविजेता तथा चार अंक जोडेको नेदरलयान्ड तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्यो
समूह 'ई' बाट रोमानिया समूह विजेता हुँदा समान चार अंक रहेको बेल्जियम दोस्रो तथा स्लोभाकिया तेस्रो स्थानमा रहँदै प्रि क्वाटरफाइलनको यात्रा तय गरे।
समूह 'एफ' बाट समान छ अंक जोडेको पोर्चुग समूह विजेता तथा टर्की उपविजेता बन्दा जर्जिया चार अंक जोड्दै समूहको उत्कृष्ट तेस्रो बनेर अन्तिम १६ मा प्रवेश गर्यो।
अन्तिम १६ मा को-को भिड्ने?
अन्तिम १६ मा समूह एको विजेता जर्मनीले डेनर्माक सँग खेल्नेछ। समूह 'बी' को विजेता स्पेनले जर्जियाको सामना गर्नेछ। समूह 'सी' को विजेता इंग्ल्यान्डले स्लोभाकिया तथा, स्वीट्जरल्यान्डले इटाली, फ्रान्सले बेल्जियम, पोर्चुगलले स्लोभानिया, रोमानयिाले नेदरल्यान्डस र अष्ट्रियाले टर्कीसँग प्रतिस्पार्धा गर्नेछ।
अनितम १६ का नक आउट चरणका खेल जुन २९ देखि शुरु हुने छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |