← समाचारमा फर्कनुस्
युरोकप : शनिबार तीन खेल

काठमाडौं । युइएफए युरोकप २०२४ अन्तर्गत दोस्रो दिन ९शनिबार० तीन खेल हुँदैछ।
जर्मनीमा आयोजन भइरहेको यस प्रतियोगिताअन्तर्गत नेपाली समयअनुसार शनिबार साझाँ ६स्४५ बजेबाट सुरु हुने पहिलो खेलमा हंगेरीले स्वीट्जरल्यान्डको सामना गर्नेछ। यो खेल जर्मनीको रेन एनर्जी स्टेडियनमा हुनेछ।
समूह ए मा रहेको दुबै टोली सुखद् सुरुआतको खोजीमा हुनेछ। यसै समूहमा रहेको आयोजक जर्मनीले गएराति सम्पन्न खेलमा स्कटल्यान्डलाई ५–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको छ।
दोस्रो खेलमा ९स्४५ बजे स्पेनले क्रोएसियाको सामना गर्नेछ। समूह बी मा रहेको यी दुई टोलीबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। यो खेल ओलम्पिया स्ट्याडियन बर्लिनमा हुनेछ।
सोही समूहको अर्को खेलमा साविक विजेता इटालीले अल्बानियासँग राति १२स्४५ बजे सिग्नल इडुना पार्कमा प्रतिस्पर्धा गर्नेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |