युरोकप २०२४ : क्वाटरफाइनल समिकरण पूरा

काठमाडौं । युरोकप २०२४ को क्वाटरफाइनल समिकरण पूरा भएको छ।
जर्मनीमा जारी युरोकपमा गएराति टर्कीले अष्ट्रिया र नेदरल्याण्ड्सले रोमानियालाई पराजित गर्दै अन्तिम आठ मा स्थान पक्का गरे।
जर्मनीको लाइप्जिङगमा मंगलबार राति सम्पन्न खेलमा अष्ट्रियामाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्दै टर्कीले अन्तिम आठमा स्थान पक्का गरेको हो।
टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए। यता अष्ट्रियाका लागि माइकल ग्रेगोरिस्चले फर्काएको गोल सान्त्वनामा परिणत भयो।
यस्तै, अर्को खेलमा नेदरल्याण्ड्सले रोमानियालाई ३–० गोल अन्तरले पराजित गरेको छ। एलियान्ज एरिनामा मंगलबार राति सम्पन्न खेलमा अन्तिम आठमा पुगेको हो।
नेदरल्यान्ड्सका कोडी गाक्पोले खेलको २०औं मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। उनले जावी सिमोन्सको पासमा गोल गरे।
६३औं मिनेटमा उनले दोस्रो गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले अफसाइड देखाइदिँदा मान्यता पाउन सकेन। ८३औं मिनेटमा उनकै पामा डोनिएल मालेनले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए।
दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले नै व्यक्तित दोस्रो र टोलीको लागि तेस्रो गोल गर्दे नेदरल्यान्ड्सलाई जित दिलाए।
अब शुक्रबार र शनिबार क्वाटरफाइनलका खेलहरु हुने छन्। जसमा स्पेन र जर्मनी भिड्दा पोर्चुगल र फ्रान्स आमने सामने हुने छन्। यसैगरी इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड भिड्दा अन्तिम क्वाटरफाइनलमा टर्की र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्ने छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |