← समाचारमा फर्कनुस्
इस्पनयोललाई हराएर भिल्लारियल मजबुत

भिल्लारियलले स्पेनी ला लिगामा सोमबार इस्पनयोललाई ४–१ ले हराएर चौथो स्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ । एटलेटिको म्याड्रिड र भिल्लारियल समान ४५ अंकमा क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
एटलेटिको गोल अन्तरले अगाडि रहेको हो । भिल्लारियल पाँचौंमा रहेको रियल बेटिस भन्दा सात अंकले अगाडि हुनाले उसको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना मजबुत बनेको छ ।
भिल्लारियलको जितमा जर्जेस मिकाउटाड्जे, निकोलस पेप र अल्बर्टो मोलेरोले भिल्लारियलका एक एक गोल गरेपछि थप एक गोल आत्मघाती प्राप्त भएको थियो । लियान्ड्रो क्याब्रेराले इस्पनयोलका लागि एक सान्त्वता गोल गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women