TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 26, 2026 · Swadesh

जर्मनीलाई हराएर इक्वडेर नकआउट चरणमा

जर्मनीलाई हराएर इक्वडेर नकआउट चरणमा

इक्वडेरले चार पटकको विजेता जर्मनीलाई २–१ ले पराजित गर्दै शुक्रबार विश्वकप २०२६ को नकआउट चरणको यात्रा निश्चित गरेको छ । गोन्जालो प्लाटाले ७७ औं मिनेटमा गरेको गोल इक्वडेरको जितमा निर्णायक रह्यो । जर्मनी यसअघि नै अर्को चरण पुगिसकेको छ ।

यही समूह ई बाट आइभरीकोस्ट पनि अन्तिम ३२ पुगेको छ । उसले अर्को खेलमा कुराकाउलाई २–० ले हरायो । जर्मनी र आइभरीकोस्ट समान छ अंकमा रहे । त्यसपछि इक्वडेर चार अंकमा रह्यो । कुराकाउ भने एक अंकमै सीमित रहेर अब घर फर्कने भएको छ ।

यसै विश्वकपबाट कुराकाउनले डेब्यु गरेको हो । आइभरीकोस्टको जितमा दुवै गोल निकोलस पेपेले गरे । जर्मनीले भने लेरोय सानेको गोलले अग्रता लिएको थियो । इक्वडेरका लागि लगतै निलसन अंगुलोले बराबरी गोल फर्काए । प्लाटाको गोलपछि इक्वडेरको पुर्नआगमन पूरा भएको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group D
1 United States 2 6
2 Australia 2 3
3 Paraguay 2 3
4 Turkey 2 0
सबै समूह →