← समाचारमा फर्कनुस्
इक्वेडर सहज जित

काठमाडौं । कोपा अमेरिका फुटबल २०२४ मा जमैकामाथि इक्वेडरले जित निकालेको छ।
बिहीबार बिहान सकिएको पहिलो खेलमा इक्वेडरले जमैकामाथि ३–१ गोल अन्तरको जित हासिल गरेको हो।
इक्वेडरले जित निकाल्दा अग्रता भने उपहार गोलबाट लिएको थियो। जमैकाका केसइ पालमरले आफ्नै पोस्टमा १३ औं मिनेटमा गोल गरेपछि इक्वेडरले अग्रता लिएका थिए।
पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा रे केन्ड्रे पेइजले गोल गरेपछि इक्वेडर २–० को सहज अवस्थामा पुगेको थियो। ५४ औं मिनटमा मिचेल एन्टोनियाले जमैका लागि एक गोल फर्काए।
तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलन स्टेभ गार्सियाले गोल गरेपछि इक्वेडर ३–१ को जितसहित ३ अंक लिन सफल भयो। जमैकाको भने यो लगातार दोस्रो हार हो। यो समूहमा भेनेजुएला र मेक्सिको पनि रहेका छन्।
जितसँगै २ खेलमा ३ अंक बनाएको इक्वेडर गोल अन्तरका आधारमा समूह ‘बी’को शीर्ष स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |