← समाचारमा फर्कनुस्
Cricket Oct 10, 2023 · Shishir

इंग्ल्यान्डको पहिलो जित

इंग्ल्यान्डको पहिलो जित

एक दिवसीय विश्वकपमा इंग्ल्यान्डले पहिलो जित निकालेको छ।

इंग्ल्यान्डले बंगलादेशलाई १३७ रनले पराजित गरेको हो।

इंग्ल्यान्डले दिएको ३६५ रनको लक्ष्य पछ्याएको बंगलादेश ४८.२ ओभरमा २२७ रन बनाउँदै अलआउट भयो।

बंगलादेशका लागि लिटोन दासले सर्वाधिक ७६ रन बनाए।

इंग्ल्यान्डका रिस टोप्लीले सर्वाधिक ४ विकेट लिए।

त्यस्तै क्रिस वोक्सले २ विकेट लिँदा साम करन, मार्क वुड, आदिल राशिद र लियाम लिभिङस्टोनले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३६४ रन बनाएको थियो।

इंग्ल्यान्डका लागि डेभिड मलानले सर्वाधिक १४० रन बनाए।

त्यस्तै कप्तान जस बटलर २०, ह्यारी ब्रुक २०, किस वोक्स १४ रन बनाए।

पहिलो खेलमा इंग्ल्यान्ड न्युजिल्यान्डसँग ९ विकेटले पराजित भएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →