← समाचारमा फर्कनुस्
Cricket Jun 20, 2024 · Swadesh

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको जित

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको जित

काठमाडौं । आइसीसी टी२० विश्वकपमा सुपर आठमा वेस्ट इन्डिजलाई इङ्ल्यान्डले पराजित गरेको छ। 

इङ्ल्यान्ड वेस्ट इन्डिजलाई आठ विकेटले पराजित गरेको हो। 

वेस्ट इन्डिजले दिएको १८१ को लक्ष्य इङ्ल्यान्डले १७.३ मा दुई विकेट गुमाउँदै पूरा गर्‍यो।

इङ्ल्यान्डका लागि साल्टले अविजित रहँदै ८७ रन बनाए। ४७ बल खेलेका उनले सात चौका र पाँच छक्का प्रहार गरे। कप्तान जोस बटलर २५ र मोइन अली १३ रनमा आउट हुँदा जोनी बेयरस्टो ४८ रनमा अविजित रहे।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान एक विकेट लिए।

त्यसअघि ड्यारेन सैमी राष्ट्रिय क्रिकेट स्टेडियम, सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८० रन बनाएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →