इंग्ल्याण्ड सेमिफाइनलमा

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ।
आइतबार राति भएको सुपर आठको खेलमा अमेरिकामाथि जित निकाल्दै इंग्ल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो।
इंग्ल्याण्डले जारी विश्वकपकै सर्वाधिक ठूलो १० विकेटको जित निकालेको हो।
अमेरिकाले दिएको ११६ रनको लक्ष्य डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डले कुनै विकेट नगुमाई ९.४ ओभरमा जित हात पारेको थियो।
इंग्ल्याण्डका लागि ३८ बलमा अविजित ८३ रनको विस्फोटक इनिङ्स खेले। त्यस्तै फिल साल्टले २५ रन बनाए।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अल आउट हुँदै ११५ रन मात्र बनाएको थियो।
अमेरिकालाई अल आउट गर्ने क्रममा इङल्याण्डका बलर क्रिस जोर्डनले १९औँ ओभरमा ह्याट्रिकसहित चार विकेट लिएका थिए।
यो जितपछि इङल्याण्डको सुपर आठको समुह २ मा ३ खेलमा ४ अंक भएको छ र शीर्ष स्थानमा उक्लिँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ। त्यस्तै हारपछि अमेरिका भने सुपर आठका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |