← समाचारमा फर्कनुस्
नेपालसामु इंग्ल्यान्डको १ सय ८५ रनको लक्ष्य

इंग्ल्यान्डले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईको वानखेडे स्टेडियममा भएको समूह सी को खेलमा इंग्ल्यान्डले सात विकेट गुमाएर १ सय ८४ रन बनाएको हो ।
दुई पल्टको च्याम्पियन इंग्ल्यान्डका लागि ज्याकोब बेथल र कप्तान ह्यारी ब्रुक्सले अर्धशतक बनाए । बेथलले ३५ बलमा ५५ रन बनाए र त्यसमा चार चौका तथा चार छक्का सामेल थियो । यस्तै ब्रुक्सले ३२ बलमा ५३ रन जोडे । उनले चार चौका र तीन छक्का प्रहार गरे ।
नेपाली बलरमध्ये नन्दन यादव र दीपेन्द्रसिंह ऐरले दुई दुई विकेट लिए । यस्तै डेब्यु गरिरहेका शेर मल्लले एक विकेट लिए र यो उनको पहिलो बलमै प्राप्त भएको थियो । सन्दीप लामिछानेले पनि एक विकेट लिए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women