← समाचारमा फर्कनुस्
Cricket Aug 21, 2026 · Swadesh

इंग्ल्यान्डको सहज इनिङ्स अन्तरको जित

इंग्ल्यान्डको सहज इनिङ्स अन्तरको जित

इंग्ल्यान्डले पहिलो टेस्टमा शुक्रबार पाकिस्तानलाई एक इनिङ्स र १ सय ३ रनले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले तीन टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ । साढे दुई दिनको खेल बाँकी छँदै पाहुना टिमले बिर्सनलायक हार बेहोरेको हो ।

पाकिस्तान आफ्नो दोस्रो इनिङ्समा १ सय ३५ रनमै अलआउट भएपछि इंग्ल्यान्ड सजिलै विजयी रह्यो । ओली रबिन्सन, जोफ्रा आर्चर र जस टङ्गले तीन तीन विकेट लिए र पाकिस्तान ३७.३ ओभरमा अलआउट भयो ।

मोहमद रिजवानले ३९ बलमा बनाएको ४१ रन बनाए र यो नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । पाकिस्तानले आफ्नो पहिलो इनिङ्समा १ सय ७१ रन बनाएको थियो । त्यसको जवाफमा इंग्ल्यान्डले ४ सय ९ रनको स्कोर खडा गरेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →