← समाचारमा फर्कनुस्
Cricket Aug 01, 2025 · Swadesh

वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड अलिकति बलियो

वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड अलिकति बलियो

डर छ, कतै पूरा टेस्ट वर्षाले प्रभावित हुने त होइन ? पहिलो दिन त एक सेसनकै खेल हुन सकेन् । त्यसैले प्रश्न हो, आज दोस्रो दिन शुक्रबारको खेलमा हुने के होला ? इंग्ल्यान्ड र भारतबीच लन्डनको ओभलमा सुरु भएको अन्तिम तथा पाँचौं टेस्टको पहिलो दिन खेल वर्षाले प्रभावित रह्यो ।

दिनको खेल समाप्त हुँदा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले छ विकेट गुमाएर २ सय ४ रन बनाएको छ । त्यस अर्थमा इंग्ल्यान्ड अलिकति बलियो देखिएको छ । कम्तीमा घरेलु टिम आफ्नो प्रदर्शनलाई लिएर खुसी हुनु पर्छ । भारतको स्कोरमा करुण नायर ५२ रन बनाएर खेलिरहेका छन् ।

भारतको प्रदर्शन अब धेरै हदसम्म उनकै ब्याटिङमा टिक्नेछ । उनलाई वासिङटन सुन्दरले १९ रन बनाएर साथ दिइरहेका छन् । उनीहरूले ५१ रनको साझेदारी गरिसकेका छन् । इंग्लिस बलरमध्ये गस एटकिन्सन र जस टङ्गले दुई दुई विकेट हात पारेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →