रोमाञ्चक जितसँगै इङ्ल्यान्ड क्वाटरफाइनलमा

काठमाडौं । स्लोभाकियामाथि रोमाञ्चक जितनिकाल्दै इङ्ल्यान्ड युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
अन्तिम १६ को खेलमा इङ्ल्यान्डले अतिरिक्त समयमा स्लोभाकियालाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।
इङ्ल्यान्डको जितमा जुड बेलिङ्घम र कप्तान ह्यारी केनले गोल गरे।
जितसँगै इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्वीट्जरल्यान्ड सामना गर्नेछ। स्वीट्जरल्यान्डले साविक विजेता इटालीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।
खेलको २५औं मिनेटमा स्लोभाकियाका लागि इभान स्क्रान्जले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए।
खेलमा एक शून्य गोलले पछि परेको इङ्ल्यान्डले बेलिङ्घमको गोलबाट नियमित समयको अन्तिम समयमा बराबरी गोल गर्न सफल रह्यो।
अतरिक्त समयको पाँचौं मिनेट बेलिङ्घमले उत्कृष्ट बाइसाइकल किक मार्फत गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए।
अतिरिक्त समयको पहिलो मिनेटमा नै कप्तान ह्यारी केनले गोल गर्दै २–१ को अग्रता दिलाए। त्यसपछि बाँकी समय थप गोल हुन सकेन।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |