← समाचारमा फर्कनुस्
इंग्ल्यान्डको बलियो जवाफले भारत दबाबमा

इंग्ल्यान्डले भारतविरुद्धको चौथो टेस्टको दोस्रो दिन आफ्नो पहिलो इनिङ्स सुरु गर्दै बलियो जवाफ दिएको छ । यसले भारत दबाबमा आएको छ । दिनको खेल समाप्त हुँदा इंग्ल्यान्ड दुई विकेट गुमाएर २ सय २५ रनमा रहेको छ ।
घरेलु टिम अझै १ सय ३३ रनले पछाडि छ र अब तेस्रो दिन सुदृढ ब्याटिङ गर्दै ठोस अग्रता लिने प्रयास गर्नेछ । उसका जोए रुट ११ र ओली पोप २० रन बनाएर खेलिरहेका छन् ।
त्यस अगाडि ओपन जोडी ज्याक क्रली र बेन डकेटले १ सय ६६ रनको साझेदारी गरेका थिए । त्यसमध्ये क्रलीले ८४ र डकेटले ९४ रन बनाए । दुवै आ–आफ्नो शतक बनाउन भने चुके ।
त्यस अगाडि भारत आफ्नो पहिलो इनिङ्समा ३ सय ५८ रन बनाएर अलआउट भएको थियो । पाँच टेस्टको सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ । इंग्ल्यान्डले चौथो टेस्ट जितेर सिरिज आफ्नो नाममा लेखाउन सक्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |