← समाचारमा फर्कनुस्
Cricket Jul 28, 2025 · Swadesh

भारतको बहादुरीपूर्ण बहादुरी

भारतको बहादुरीपूर्ण बहादुरी

अन्ततः म्यानचेस्टरको ओल्ड ट्रायफोर्डमा भएको चौथो टेस्ट बराबरीमा टुंगेको छ । धेरैलाई लागेको थियो, अन्तिम दिन जित इंल्यान्डकै हुनेछ, तर भारत बहादुरीपूर्ण खेल प्रदर्शन गर्न सफल रह्यो । यसले सिरिज रोमाञ्चक मोडमा कायम रह्यो ।

अन्तिम तथा पाँचौं दिन भारतले आफ्नो दोस्रो इनिङ्समा चार विकेट गुमाएर ४ सय २५ रन बनाएको थियो । त्यसको अर्थ जितका लागि इंग्ल्यान्डले भारतलाई अलआउट गर्नु पर्ने थियो, तर सकेन् । दुई नटआउट ब्याटर वासिंटन सुन्दर र रविन्द्र जडेजाले शतक नै बनाए ।

त्यसमधये सुन्दरले १ सय १ र जडेजाले १ सय ७ रन बनाए । उनीहरूले २ सय ३ रनको साझेदारी पनि गरे । पाँच टेस्टको सिरिजमा इंग्ल्यान्ड २–१ ले अगाडि छ । अब अन्तिम तथा निर्णायक टेस्ट ओभलमा यसै साता सुरु हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →