← समाचारमा फर्कनुस्
Cricket Jul 26, 2025 · Swadesh

इंग्ल्यान्डलाई १ सय ८६ रनको अग्रता

इंग्ल्यान्डलाई १ सय ८६ रनको अग्रता

इग्ल्यान्डलाई सम्भवतः म्यानचेस्टरको ओल्ड ट्रायफोर्डमा चलिरहेको चौथो टेस्ट जित्नबाट भारतले रोक्न सक्ने छैन् । टेस्टको तेस्रो दिन समाप्त हुँदा इंग्ल्यान्ड १ सय ८६ रनले अगाडि छ ।

ठ्याक्कै दुई टिमको खेल बाँकी छँदा यो ठोस अग्रता हो । इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा सात विकेट गुमाएर ५ सय ४४ रन बनाएर खेलिरहेको छ । भारत यसअघि ३ सय ५८ रनमै समेटिएको थियो ।

घरेलु टिमका लागि कप्तान बेन स्टोक्स ७७ र लियाम डसन २१ रन बनाएर खेलिरहेका छन् । त्यस अगाडि जोए रुटले १ सय ५० रनको शानदार इनिङ्स खेलेका थिए ।

यससँगै उनी टेस्ट क्रिकेटमा सर्वाधिक बनाउनको सूचीको दोस्रो स्थानमा पुगेका छन् । उनको यो खेल १ सय ५७ औं टेस्ट हो र उनले १३ हजार ४ सय ९ रन बनाइसके ।

उनले भन्दा बढी रन बनाउने एक्लो ब्याटर अब सचिन तेन्दुलकर हुन् । उनले दुई सय टेस्टमा १५ हजार ९ सय २१ रन बनाएका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →