← समाचारमा फर्कनुस्
Cricket Jun 17, 2023 · Shishir

इमर्जिङ टिम्स एसिया कपः नेपाल समूह चरणबाटै बाहिरियो

इमर्जिङ टिम्स एसिया कपः नेपाल समूह चरणबाटै बाहिरियो

काठमाडौ- हङकङमा जारि एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ।

आज जित्नैपर्ने दबाबमा रहेको नेपाल वर्षाका कारण खेल रद्द भएसंगै बाहिरिएको हो।

नेपालले सेमिफाइनलमा पुग्न हङकङलाई ठुलो अन्तरले पराजित गरेपछि आजै हुने भारत र पाकिस्तानबीचको खेलको नतिजामा भरपर्नु पर्ने थियो।

खेल रद्द भएसंगै दुवै टोलिले १-१ अंक बाढेका छन्।

समुह ए मा रहेको नेपाल र हङकङसंगै भारत र पाकिस्तान रहेका थिए। नेपाल पाकिस्तानसंग पराजित हुदा भारतसंगको खेल वर्षाले प्रभावित भएको थियो।

नेपाली टीम

रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, कबिता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अश्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम र कबिता जोशी ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →