← समाचारमा फर्कनुस्
इजिप्ट र नाइजेरिया पुगे सेमिफाइनलमा

इजिप्ट र नाइजेरियाले शनिबार अफ्रिकी कप अफ नेसन्सको सेमिफाइनल यात्रा निश्चित गरेका छन् र यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
अब अन्तिम चारको खेलमा सेनेगेलले इजिप्ट र नाइजेरिया र आयोजक मोरक्कोको सामना गर्नेछ । क्वाटरफाइनलमा इजिप्टले डिफेन्डिङ च्याम्पियन आइाभरीकोस्टलाई ३–२ ले पराजित गरेको हो ।

त्यसमा लिभपुरपुलका मोहमद सलाहको गोल निर्णायक सावित भयो । अर्को क्वाटरफाइनलमा नाइजेरियाले अल्जेरियालाई २–० ले हरायो र त्यसमा भिक्टर ओसिमहेन लयमा रहे ।
हारपछि आइभरीकोस्ट उपाधिको रक्षा गर्न असफल रह्यो । सन् २०१० यता कुनै पनि टिमले डिफेन्डिङ च्याम्पियन भएर उपाधि दोहराएर जित्न सकेको छैन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women