← समाचारमा फर्कनुस्
Other Sports Sep 20, 2026 · Swadesh

निजी पब्लिसरको प्रतियोगितामा सरकारको उपस्थिति र सक्रियता देखिँदा एसियाली खेलकुदमा छनोट भएका नेपाली खेलाडी जापान किन पुग्न सकेनन्?

निजी पब्लिसरको प्रतियोगितामा सरकारको उपस्थिति र सक्रियता देखिँदा एसियाली खेलकुदमा छनोट भएका नेपाली खेलाडी जापान किन पुग्न सकेनन्?

नेपालका खेलकुद निकायसामु केही प्रश्न

नेपालको इ–स्पोर्ट्समा प्रतिभाको कमी छैन। तर समस्या कतै इ–स्पोर्ट्सको संरचनामा कसको भूमिका के हो भन्ने बुझाइमै त छैन?

संरचना त्यति जटिल छैन

पब्लिसर — गेमको मालिक हो। PMNC/PMGO जस्ता निजी व्यावसायिक प्रतियोगिता उसको आफ्नै ‘इभेन्ट प्रोपर्टी’ हुन्

टुर्नामेन्ट अपरेटर — पब्लिसरका तर्फबाट प्रतियोगिता आयोजना र सञ्चालन गर्छ

राष्ट्रिय खेल संघ — खेलाडी विकास, घरेलु प्रतिस्पर्धात्मक संरचना र अन्तर्राष्ट्रिय सहभागिताको बाटो निर्माण गर्ने निकाय हो

सरकार/राखेप — राष्ट्रिय खेलकुद हितको संरक्षण गर्ने र योग्य खेलाडीको वैधानिक अन्तर्राष्ट्रिय सहभागितालाई सहजीकरण गर्ने निकाय 

प्रायोजक — आफ्नो व्यावसायिक उद्देश्यअनुसार खेल, खेलाडी र प्रतियोगितामा लगानी गर्छन्।

PMNC वा PMGO आयोजना हुनुमा कुनै समस्या छैन। नेपालमा यस्ता निजी अन्तर्राष्ट्रिय प्रतियोगिता अझ धेरै हुनुपर्छ। PMNC र PMGO जस्ता निजी पब्लिसरका प्रतियोगिता विश्वभर आयोजना हुन्छन्। तर यस्ता प्रतियोगितामा सरकारको प्रत्यक्ष संलग्नता सामान्य अभ्यास होइन। त्यसो भए नेपालमा सरकारको उपस्थिति र सक्रियता किन निजी पब्लिसरको प्रतियोगितामा बढी देखिन्छ?

तर प्रश्न के हो भने—सरकारको प्राथमिकता कहाँ छ? राष्ट्रिय संघको प्राथमिकता कहाँ छ? र नेपाली प्रायोजकको ध्यान कहाँ केन्द्रित भइरहेको छ?

PMNC ले प्राथमिकता पायो, एसियाली खेलकुदको TEAM NEPAL ले किन पाएन?

PMNC Nepal 2026 मा ESAN को आबद्धता/सहयोग देखियो। मन्त्रीको उपस्थिति रह्यो। Xtreme Energy Drink, Vianet र Infinix Nepal जस्ता व्यावसायिक साझेदार पनि जोडिए।

त्यही समयमा नेपाली इ–स्पोर्ट्स खेलाडीले एसियाली खेलकुदकै आधिकारिक छनोट प्रतियोगिता खेलेर एसियाली खेलकुद २०२६ का लागि योग्यता हासिल गरेका थिए। तर घरेलु संस्थागत विवाद र मान्यताको प्रश्न समाधान हुन नसक्दा ती खेलाडीको एसियाली खेलकुद सहभागिताको बाटो बन्द भयो।

त्यसैले प्रश्न स्वाभाविक छ—निजी पब्लिसरको प्रतियोगिताका लागि सरकारको उपस्थिति, संघको साथ र प्रायोजकको समर्थन जुट्न सक्छ भने, देशका लागि एसियाली खेलकुद खेल्ने योग्यता कमाएका खेलाडीका लागि यही खेलकुद प्रणालीले बाटो किन निकाल्न सकेन?

अब सरकारलाई केही सीधा प्रश्न

पब्लिसर र राष्ट्रिय खेल संघबीचको फरक हामीले बुझेका छौं?

PMNC र एसियाली खेलकुद एउटै प्रकृतिका प्रतियोगिता होइनन् भन्ने स्पष्ट छ?

निजी व्यावसायिक प्रतियोगितालाई प्रवर्द्धन गर्नु र राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय बाटो सुरक्षित गर्नुबीचको फरक बुझेका छौं?

निजी पब्लिसरको प्रतियोगितामा सरकारको उपस्थिति, संघको सक्रियता र नेपाली प्रायोजन देखिँदा एसियाली खेलकुदमा छनोट भएका नेपाली खेलाडी किन पुग्न सकेनन्?

हाम्रो प्रायोजन र संस्थागत ऊर्जा निजी पब्लिसरका प्रतियोगितामा मात्रै केन्द्रित हुँदैछ कि नेपालकै खेलाडी, राष्ट्रिय प्रतियोगिता र घरेलु इ–स्पोर्ट्स संरचना निर्माणमा पनि पुगिरहेको छ?

हामी नेपालको इ–स्पोर्ट्स इकोसिस्टम बनाउँदैछौं कि अरूको इकोसिस्टम विस्तार गर्न बढी व्यस्त छौं?

निजी प्रतियोगिता चाहिन्छ। अन्तर्राष्ट्रिय पब्लिसर चाहिन्छ। विदेशी लगानी चाहिन्छ। प्रायोजक पनि अत्यावश्यक छन्—तर PMNC/PMGO का लागि मात्रै होइन। नेपालका खेलाडी, नेपालकै प्रतियोगिता, ग्रासरुट विकास, राष्ट्रिय टोली र अन्तर्राष्ट्रिय सहभागितामा पनि त्यही चासो र लगानी आवश्यक छ।


पब्लिसरका प्रतियोगिता नेपालको इ–स्पोर्ट्स विकासका सहयोगी बन्नुपर्छ, नेपालको आफ्नै खेलकुद संरचनाको विकल्प होइन।

र अन्ततः प्रश्न PMNC आयोजना भयो कि भएन भन्ने होइन।


प्रश्न यति मात्रै हो—हाम्रो प्राथमिकता कहाँ छ?

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →