आईची नागायो एसियाली खेलकुदको भब्य उद्घाटन

आइची नागायो एसियाली खेलकुदको शनिबार भब्य समारोहबीच उद्घाटन गरिएको छ । जापानमा भएको यो तेस्रो एसियाली खेलकुद हो । जापानमा ३२ वर्षपछि एसियाली खेलकुद हुन लागेको हो । उद्घाटन समारोहमा जापानी संस्कृति झल्कने विभिन्न कार्यक्रम पनि प्रस्तुत गरिएका छन् ।
उद्घाटन समारोहका क्रममा आयोजित मार्चपासमा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले नेपालको भण्डा बोक्दै टिमको नेतृत्व गरेका छन् । नेपालका तर्फबाट प्रतियोगितामा १ सय ३५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
यसपल्टको २० औं सस्करणको एसियाली खेलकुदमा १७ हजार खेलाडी तथा तिनका पदाधिकारीको सहभागिता रहेको छ । ओलम्पिकपछि एसियाली खेलकुद नै वृहत खेल महोत्सवको दोस्रो ठूलो प्रतियोगिता हो । प्रतियोगिता अक्टोबर १३ सम्म चल्नेछ ।
श्रेष्ठ सेफ दि मिसन
यसअघि राष्ट्रिय खेलकुद परिषदले उपाध्यक्ष विशाल श्रेष्ठलाई आईची नोगाया एसियाली खेलकुदको सेफ दि मिसन नियुक्त गरेको थियो । यसअघि राखेपका सदस्य सचिव रामचरित्र मेहतलाई यो पदमा नियुक्त गरिएको भएता पनि उनी जापान गएनन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |