काठमाडौँ म्याराथनको तयारी

काठमाडौँ, असोज १५ गते । सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको काठमाडौं म्याराथनको १८औँ संस्करण आगामी असोज २४ हुने भएको छ ।
आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले सिद्धार्थ बैंक काठमाडौं म्याराथन–२०२६ को बारेमा जानकारी दिन बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्षको म्याराथनमा हालसम्म सात हजारभन्दा बढी धावकले दर्ता गरिसकेको र एक सयभन्दा बढी विदेशी धावकहरूको सहभागिता रहने जानकारी दिइएको छ । यस वर्ष म्याराथन वधाममा करीब ५०० जना धावकधाविकाको सहभागिता रहकेो जसमा २७ महिला धाविका छन् । यस संस्करणमा १९ देशबाट अन्तर्राष्ट्रिय धावकधाविकाकोको सहभागिता रहेको छ । सहभागी देशहरूमा अमेरिका, अष्ट्रेलिया, बंगलादेश, चीन, डेनमार्क, फ्रान्स, भारत, जापान, कोरिया, म्यानमार, नेदरल्यान्ड्स, नर्वे, पोल्याण्ड, स्लोभाकिया, श्रीलंका, स्विट्जरल्यान्ड, ताइवान र बेलायत रहेका छन्।
फाउन्डेसनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले काठमाडौं म्याराथन केवल दौड प्रतियोगिता मात्र नभई स्वस्थ जीवनशैली, अनुशासन, सामाजिक एकता, सडक सुरक्षा र खेल संस्कृतिको प्रवद्र्धन गर्ने अभियानका रूपमा अघि बढिरहेको बताउनुभयो ।
यस वर्ष सडक सुरक्षा अभियानबारे जनचेतना जगाउन काठमडौँ म्याराथनले काठमाडौं उपत्यका ट्राफिक प्रहरीसँगको सहकार्यमा ‘फलो ट्राफिक रुल्स, सेभ लाइभ्स’ भन्ने सन्देशलाई विशेष रूपमा प्रवद्र्धन गरिरहेको छ । अध्यक्ष श्रेष्ठले सडक दुर्घटना न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले “दुर्घटनाबाट जोगिऔँ” भन्ने सन्देशलाई पनि म्याराथनको माध्यमबाट जनसमुदायसम्म पु¥याइँदैछ, भन्नुभयो । दौडसँगै सुरक्षित सडक र जिम्मेवार नागरिकको सन्देश फैलाउने उद्देश्यले यस अभियानलाई म्याराथनसँग जोडिएको हो ।
सिद्धार्थ बैंक गत वर्षदेखि काठमाडौं म्याराथनको टाइटल स्पोन्सरका रूपमा जोडिँदै आएको छ। यसैगरी काठमाडौं म्याराथनमा सहभागी हुने सम्पूर्ण धावक, कार्यक्रमसँग प्रत्यक्ष रूपमा जोडिनुहुने व्यक्ति, स्वयंसेवक तथा आवश्यक सम्बद्ध पक्षहरूको बीमासमेत गरिएको छ । यस वर्ष हिमालयन एभरेस्ट इन्सुरेन्स म्याराथनको इन्स्योरेन्स पार्टनरका रूपमा रहेको छ ।
यस वर्षको ४२.१९५ किलोमिटर पूर्ण म्याराथन रुटमा १८ वटा हाइड्रेसन स्टेशनको व्यवस्था गरिएको छ। यी हाइड्रेसन स्टेशनहरू विभिन्न रनिङ क्लब तथा संघ–संस्थाहरूले जिम्मेवारीपूर्वक सञ्चालन गर्नेछन् । धावकहरूको स्वास्थ्य, ऊर्जा तथा सहजताका लागि आवश्यक पानी तथा हाइड्रेसन व्यवस्थापनलाई विशेष प्राथमिकताका साथ तयारी गरिएको हो ।
धावकहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस वर्ष मेडिकल डाइरेक्टर डा. सन्देश मास्केको नेतृत्वमा मेडिकल व्यवस्थापन गरिएको छ । यस सम्बन्धमा काठमाडौं म्याराथनले ब्लुक्रस हस्पिटल, नेपाल कोरिया हस्पिटल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र एपीएफ अस्पतालसँग समन्वय गरेको छ ।
यसैगरी काठमाडौं म्याराथन सफलतापूर्वक सम्पन्न गर्न काठमाडौं महानगरपालिकासहित सूर्यविनायक नगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकासँग आवश्यक समन्वय गरिएको छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |