बुद्धिचाल महासंघको बैठक सम्पन्न, ओलम्पियाडमा ६ खेलाडीले चेस टाइटल प्राप्त गरे

नेपाल बुद्धिचाल महासंघ केन्द्रीय कार्यसमितिको बैठक हेराकाजी महर्जनको अध्यक्षमा काठमाडौं दरबार मार्ग स्थित होटल उडल्याण्डमा सम्पन्न गरेको छ।
चेस महासंघको बैठकले ४६ औं चेस ओलम्पियाड, विश्व बुद्धिचाल महासंघ फिडे कांग्रेस सहभागीता, १० औं राष्ट्रिय प्रतियोगिता, दक्षिण एशियाली चेस काउन्सिल अनुदान, दक्षिण एशियाली ३.२ जोन, भोटेकोसी बाढी पिडिट अन्तर्राष्ट्रिय सहयोग विषयमा विभिन्न निर्णय गरेका छन्।
चेस महासंघले एशियन नेशन कप, वेष्टर्न एशिया युथ चेसमा खेलाडी सहभागी गराउने तथा अन्तर्राष्ट्रिय सहभागीताका लागि नियमावली समेत तयार गरेको छ।
महासंघको बैठकले आ.व. ०८३/०८४ का लागि उमेर समूह, नेशनल युथ च्याम्पियनसिप, विद्यालय स्तरीय, क्लब स्तरीय, सिनियर सिटिजन, एमेच्योर, ब्लिट्ज, रापिड, २७ औं खुल्ला तथा १२ औं महिला राष्ट्रिय प्रतियोगिताको वार्षिक कार्यक्रम समेत तय गरेको छ।
उज्बेकिस्तानमा सम्पन्न ४६ औं चेस ओलम्पियाडमा सहभागी नेपाली खेलाडीले अन्तिम चरणको खेलमा आफ्नो समूह अन्तर्गत स्वर्ण पदकबाट चुक्न पुगे पनि चौथो स्थानमा रहँदै वरियतामा सुधार गरेका छन्।
सेप्टेम्बरमा सम्पन्न खेलमा दुई पुरुष खेलाडी आशिष् फुयाँल र राजन सुवेदीले सिएम टाइटल तथा चार महिला खेलाडी कृतिसरा अधिकारी, पूजा भण्डारी, निहाना श्रेष्ठ र सिन्दिरा जोशीले डब्लूसिएम टाइटल प्राप्त गर्न सफल भएका छन्।
यसैगरी बुद्धिचाल महासंघको पहलमा फ्रिडम एशियन चेस इनिसिएटिभ मार्फत बाढीबाट पिडिट चेस परिवारजनलाई १२००० डलर सहयोग प्रदान गरिएको जानकारी गराएका छन्।
फिडे कांग्रेसको नयाँ कार्यसमिति चयनमा नेपालले शुरु देखि समर्थन गरि आएका काजकिस्तानका अध्यक्ष विलिनियर उद्योगपति टिमुर तुर्लोप विजयी भए पश्चात् नेपालले प्रस्तुत गरेको ५ वटा वार्षिक चेस कार्यक्रम अनुमोदन भएको समेत जानकारी गराएका छन्।
यस्तै साउथ एशियन चेस काउन्सिलले तत्काल ५००० डलर निश्चित कार्यक्रमका लागि उपलब्ध गराउने समझदारी भएको छ।
महासंघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेस कार्यक्रमहरुको थालनी गर्न पूर्व कोषाध्यक्षको जिम्मेवारीमा रहेका खेल सामग्री, आर्थिक हिसाबकिताब पेश गर्न पत्राचार गर्ने समेत निर्णय गरेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |