← समाचारमा फर्कनुस्
Other Sports Sep 13, 2026 · Swadesh

रेबकिनालाई यूएस ओपनको उपाधि

रेबकिनालाई यूएस ओपनको उपाधि

नयाँ विश्व नम्बर १ खेलाडी हुने क्रममा रहेकी एलेना रेबकिनाले त्यसलाई न्याय गर्दै  यूएस ओपन २०२६ को उपाधि जितेकी छिन् । त्यसका लागि न्युयोर्कमा भएको फाइनलमा उनले दुई पल्टकी डिफेन्डिङ च्याम्पियन आरयना सबलेन्कालाई ६–४, ५–७ र ६–२ ले पराजित गरिन् ।

फाइनल अगाडि नै उनी नै महिला विश्व टेनिसकी शीर्ष खेलाडी हुने निश्चित भइसकेको थियो । उनले जितेको यो तेस्रो ग्रान्ड स्लाम हो । यसअघि काजाकिस्तानकी रेबकिनाले सन् २०२२ मा विम्बल्डन र यसै वर्ष अस्ट्रेलियन ओपन जितेकी थिइन् ।

अस्ट्रेलियन ओपनको फाइनलमा पनि रेबकिनाले सबलेन्कालाई नै हराएकी थिइन् । अर्कोतर्फ लगातार तेस्रो पल्ट उपाधि जित्ने अभियानमा रहेकी बेलारुसी खेलाडी फेरि एकपल्ट उप विजेतामै सीमित रहिन् । यससँगै यूएस ओपनमा उनको १९ खेलको अपराजित यात्रा पनि टुंगेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →