← समाचारमा फर्कनुस्
Cricket Jun 13, 2025 · Swadesh

दुर्गेशको शतकमा भोटेचौरको पहिलो जित

दुर्गेशको शतकमा भोटेचौरको पहिलो जित

काठमाडौं । भोटेचौर स्पोर्टस क्लबले सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी–२० प्रतियोगितामा शुक्रबार हेलम्बु गाउँपालिकालाई डकवर्थ लुइस पद्धति (डिएसएल) का आधारमा ६ रनले पराजित गरेको छ ।

जितसँगै भोटेचोरले समूह ‘बी’ मा दुई खेलबाट दुई अंक जोडेको छ । हेलम्बुले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । पहिलो खेलमा भोटेचौर मेलम्ची नगरपालिकासँग पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वर्षा बाधक बन्दा हेलम्बुले ६.४ ओभरमा ६४ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य पछ्याएको हेलम्बुले सबै ओभर ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै ५७ रन मात्रै बनाउन सक्यो ।

विनोद तामाङले अविजित ३३ र कृष कार्कीले १० रन बनाए ।

भोटेचौरका लागि राजेश चौलागाईँले दुई र सुमित झाले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भोटेचौरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो ।

भोटकोशीका लागि दुर्गेश थापाले ६३ बलमा १० चौका र पाँच छक्काको मद्दतले अविजित ११२ रनको योगदान गरे । प्रतियोगितामा यो दोस्रो शतक हो ।  यसअघि द माइटी साँगाचोकका अशोक पौडेलले पाँचपोखरी हिमालयन क्रिकेट क्लबविरुद्ध १०१ रन प्रहार गरेका थिए । 

यसैगरी सुमित झाले ३६, निश्चल थापाले १६ र कप्तान राजीव चौलागाईँले १० रन बनाए ।

हेलम्बुका लागि दावा शेर्पाले दुई र विनोद तामाङले एक विकेट लिए ।

शक्रुबारलाई तय पाँच पोखरी हिमालय क्लब र पाँचपोखरी क्रिकेट क्लबबीचको खेल भने वर्षाका कारण रद्द भयो । 

पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी प्रतियोगितामा सात टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →