← समाचारमा फर्कनुस्
Football May 08, 2024 · Swadesh

डर्टमन्ड च्याम्पियन्स लिगको फाईनलमा प्रवेश

डर्टमन्ड च्याम्पियन्स लिगको फाईनलमा प्रवेश

बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको फाईनलमा प्रवेश गरेको छ। पार्क डेस प्रिन्सेसमा मंगलबार राति भएको सेमिफाइनल दोस्रो लेगमा पीएसजीलाई १-० गोलले पराजित गर्दै डर्टमन्ड फाइनलमा पुगेको हो। समग्रमा डर्टमन्डले पीएसजीलाई २-० गोल अन्तरले पराजित गरेको हो।


पहिलो लेगमा पनि डर्टमन्टले पीएसजीलाई १-० गोलले पराजित गरेको थियो।  मंगलबारको खेलमा डर्टमन्डका लागि म्याट्स हुम्लेसले गोल गरेको थियो। उनले खेलको ५०औँ मिनेटमा जुलियन ब्रान्डको पासमा गोल गरेका थिए।


डर्टमन्डले फाइनलमा रियल मड्रिड र बायर्नबिच विजेता टोलीसँग खेल्नेछ। जर्मनीमा भएको सेमिफाइनलको पहिलो लेगमा यी दुई टोलीले २–२ गोलको बराबरी खेलेका थिए। बुधबार यी दुई टोलीले रियलको मैदानमा दोस्रो लेग खेल्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →