← समाचारमा फर्कनुस्
Cricket Aug 21, 2024 · Swadesh

डोग्मा ग्रुपलाई कर्पोरेट क्रिकेट लिगको उपाधि

डोग्मा ग्रुपलाई कर्पोरेट क्रिकेट लिगको उपाधि

पहिलो संस्करणको गोदावरी स्टील्स कर्पोरेट क्रिकेट लिग टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि डोग्मा ग्रुपले जितेको छ।

भेट्रान्स फोर्टी प्रालिले आयोजना गरेको प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा डोग्माले प्राइम बैंकलाई ६ विकेटले पराजित गर्यो।

ललितपुर स्थित ग्रेट हिमालय क्रिकेट एकेडेमीको इन्डोर हलमा सम्पन्न खेलमा प्राइमले दिएको १०४ रनको लक्ष्य डोग्माले एक ओभर बाँकी हुँदै मात्र १ विकेट गुमाएर पुरा गर्यो।

डोग्माको लागि ओपनर आश्रय बस्नेतले अर्धशतक प्रहार गर्ने क्रममा अविजित ५७ रन बनाए जुन क्रममा उनले मात्र २४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे। कप्तान सुमन सिजापतिले अविजित २७ रन तथा निश्चल रिमालले १३ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको प्राइमको लागि नितेन मलेगोले २५, कृतार्थ शाक्यले २१, प्रवेश श्रेष्ठले अविजित १६ रन योगदान दिएका थिए। डोग्माको बलिंगतर्फ सगुन खड्का, र सुमन सिजापतिले समान १ विकेट लिए।

आजनै सम्पन्न प्रतियोगिताको सेमीफाइनलमा डोग्माले राष्ट्रिय बाणिज्य बैंकलाई ६ विकेटले पराजित गरेको थियो। दोश्रो सेमीफाइनलमा प्राइमले आईसीएफसी फाईनान्सलाई ६ विकेटले पराजित गरेको थियो।

प्रतियोगिताको विजेता खेलाडीहरुलाई बुधबार विशेष कार्यक्रम गर्दै पुरस्कृत गर्ने कार्यक्रम रहेको आयोजक भेट्रान्स फोर्टीका संचालक तथा सचिव अनिल बर्तौलाले जानकारी गराएका छन्। लिगको विजेता र उपविजेतालाई ट्रफी पाउनेछन्। साथै विजेताले भने आगामी संस्कणमा निशुल्क प्रवेश पाउनेछ। प्लेयर अफ दी टुर्नामेन्ट, बेस्ट ब्याटर र बलरले थाइल्यान्ड भ्रमणको प्याकेज पाउनेछन् । उत्कृष्ट फिल्डर र विकेटकिपरले भने पोखराका लागि दुईतर्फी हवाई टिकट प्राप्त गर्ने छन्।

चार दिन सम्म चलेको प्रतियोगितामा कुल २० टोलिको सहभागिता रहेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →