← समाचारमा फर्कनुस्
दीपेन्द्र र सन्दीपले इमर्जिङ कप गुमाउने

अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले एसीसी इमर्जिङ टिम्स एशिया कप गुमाउने भएका छन्। इमर्जिङ कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ।
दीपेन्द्र र सन्दीप फ्रेन्चाइजी प्रतियोगिता खेल्न क्यानडा प्रस्थान गर्ने भएकोले इमर्जिङ कप गुमाउने कप्तान रोहितकुमार पौडेलले जानकारी दिएका हुन्।
ग्लोबल टी–२० फ्रेञ्चाइज लिगको तेस्रो संस्करण आगामी जुलाई २० तारिखदेखि शुरू हुँदैछ। ड्राफ्टमार्फत् सन्दीप र दीपेन्द्र फरक फरक क्लब अनुबन्ध भएका छन्। सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाई मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |