← समाचारमा फर्कनुस्
Cricket Dec 22, 2024 · Swadesh

एनपिएल : दीपेन्द्रले जिते कार, ललितलाई मोटरसाइकल

एनपिएल : दीपेन्द्रले जिते कार, ललितलाई मोटरसाइकल

काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले कार पुरस्कार पाएका छन्।

सुदूरपश्चिम रोयल्सका कप्तान ऐरीले ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ–फाइभ डीएलक्स कार पाएका हुन्। 

सुदूरपश्चिमलाई फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका ऐरीले प्रतियोगिताभर कुल २२७ रन बनाएका थिए। उनले बलिङतर्फ ९ विकेटसमेत लिएका थिए।

यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर घोषित हुँदै जनकपुर बोल्ट्सका  ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन्। ललितले पाँच लाख पुरस्कार पनि प्राप्त गरे। उनले १० खेलमा १७ विकेट लिए। सुदूरपश्चिमका स्कट कुगेलेइन पनि समान १७ विकेट लिएका थिए।


सुदूरपश्चिमका सैफ जैब प्लेयर अफ दि टुर्नामेन्ट भए। प्रतियोगिताभर २७५ रन र १२ विकेट लिएका उनले पाँच लाख रुपैयाँ पाए।

लाहिरु मिलान्थताले म्याक्स फोर अफ टुर्नामेन्टको अवार्ड प्राप्त गरे। उनले दुई लाख रुपैयाँ पुरस्कार पाए। जनकपुर बोल्ट्सका जिम्मी निशम बेस्ट ब्याटर बने। उनले पनि दुई लाख रुपैयाँ नगद पाए। 

१६ वर्षीय कर्णाली याक्सका खेलाडी विपिन शर्माले उदीयमान खेलाडी घोषित भए। उनले कर्णालीलाई प्लेअफमा पुर्‍याउन १३ विकेट लिएका थिए। उनले ५० हजार रुपैयाँ नगद र प्रेजिडेन्सियल कलेजमा दश लाखको छात्रवृत्ति प्राप्त गरे। 

एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ।

शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै जनकपुर एनपिएल च्याम्पियन बन्यो।

एनपीएल च्याम्पियन जनकपुरले एक करोड १० लाख रुपैयाँ र उपविजेता बनेको सुदूरपश्चिमले ५० लाख पुरस्कार प्राप्त गरे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →