← समाचारमा फर्कनुस्
Cricket Jul 26, 2023 · Nepalsports

दीपेन्द्र चम्कदा मोन्ट्रिलको जित

दीपेन्द्र चम्कदा मोन्ट्रिलको जित

ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा नेपाली खेलाडी दीपेन्द्र सिंह ऐरी चम्कदा मोन्ट्रिलले भ्यानकुभर नाइट्सविरुद्ध जितमा सहयोग गरेका छन् । बुधबार बिहान भएको  खेलमा दीपेन्द्रले बल, ब्याट र फिल्ड सबैमा राम्रो प्रदर्शन गरेका थिए । मोन्ट्रिलले भ्यानकुभरलाई ६ विकेटले पराजित गरेको हो। 

भ्यानकुभरले दिएको १५० रनको लक्ष्य १८.१ ओभरमा पूरा गरेको थियो। सेरफान रुथरफोर्डले  अविजित ५३ बल खेल्दै ७ चौका र ६ छक्का ८४ रन र दीपेन्द्रले अविजित २२ बल खेलेर २ चौका प्रहार गर्दै २२ रन बनाए ।  दिलप्रित सिंहले २१ र शकिब अल हशनले १२ रन जोडे ।


भ्यानकुभरका फाबिउन एलेनले २ ओभरमा १८ रन खर्चेर २ तथा रुबेन ट्रम्पलमेनले २.१ ओभरमा २४ रन खर्चेर १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भ्यानकुभरले २० ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो । भ्यानकुभरका लागि फकर जमनले ५३ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ७३ रन बनाएका थिए ।

कप्तान रसी भान डे डुसेनले २३ बलमा २ चौका सहित २६ रन जोडेको थियो । फकर जमन र हर्श ठाकुरले अर्धशतकीय साझेदारी गरेपछि दीपेन्द्रले नै यो साझेदारी तोडेका थिए । उनले हर्शलाई रनआउट गरे । त्यसपछि फरक जमन र भान डेर डुसेनको अर्को अर्धशतकीय साझेदारी पनि दीपेन्द्रले नै तोडे । उनले १६औं ओभरमा जमनलाई कार्लोस ब्रेथवेइटेबाट क्याचआउट गराए ।

३ ओभर बलिङ गरेका दीपेन्द्रले एक विकेट लिनुका साथै एक रनआउट गरे । मोन्ट्रियलका लागि कार्लोस ब्रेथवेइटले २ विकेट लिए ।

यस जितसंगै यो मोन्ट्रियलको लगातार तेस्रो जित हो र ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →