← समाचारमा फर्कनुस्
धनगढीको विजयी सुरूवात

जारी नेपाल सुपर लिगमा धनगढी एफसीले पहिलो खेलमा जित निकालेको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढीसले विरगन्ज युनाईटेड एफसीलाई २-१ गोलले पराजित गरेको हो।
धनगढीका लागि फोडे फोफाना र अहमद हिजाजीले समान एक एक गोल गरेको थियो। विरगन्जका लागि हान्स क्वोफीले एक गोल फर्काएका थिए।
खेलको दोस्रो मिनेटमा नै धनगढीका फोडे फोफानाले गोल गर्दै सुरूवाती अग्रता लिएको थियो । ओलावाले अफिजको क्रसमा फोफानाले गोल गरेको थियो ।
पहिलो हाफको अन्त्य तिर विरगन्जले पेनाल्टीमा हान्स क्वोफीले गोल गर्दै बराबरी गरेको थियो। डिबक्समा फलु डियाग्नेके हातमा बलले लागेपछि विरगन्जले पेनाल्टी पाएको थियो। कुनै गल्ती गरेनन् र बराबरी गरे।
खेलको ८९औं मिनेटमा कृतिश रत्न छुन्जुको पासमा अहमद हिजाजीले गोल गर्दै जित हात पारे।
भोलि झापा एफसी र स्पोर्टिङ्ग इलाम एफसी सामना गर्ने छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |