पोखरालाई पराजित गर्दै धनगढी फाइनलमा

धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ । धनगढीले पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
निर्धारित समयमा १-१ को बरबरीमा सकिएको थियो। अतिरिक्त समयमा दुबै टोलीले थप एक एक गोल पछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो र पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो ।
टाइब्रेकरमा धनगढीका अहमद हिजाजी पेनाल्टी सुटआउटमा चुकेका थिए । पोखराका मोसेस र आयुश घलान पेनाल्टीमा चुकेक्दा खेलको नतिजा धनगढीको पक्षमा गएको हो ।
पोखराले पाचौं मिनेटमा आयुश घलानको गोलमा लिएको थियो । धनगढीका लागि दोस्रो हाफको ५५ औं मिनेटमा देबेन्द्र तामाङले बराबरी गोल गरेको थियो।
पोखरालाई थपिएको अतिरिक्त समयमा स्टेफन कोजो पापाले गोल गर्दै पुनः खेलमा अग्रता दिलाएका थिए। तर अतिरिक्त समयको अन्तिम मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याए।
पोखराले अब इलिमिनेटर राउण्डमा जित्ने टोली संग दोस्रो क्वालिफायरमा खेल्नेछ। इलिमिनेटर राउण्डमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी भोली भिड्नेछन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |