देवको कप्तानीमा यू-१९ एशिया कप खेल्ने नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले यूएईमा हुने यू १९ एशिया कपको लागि राष्ट्रिय टोली घोषणा गरेको छ।
क्यानले मंगलबार देव खनालको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो।
टोलीमा गुलशनकुमार झाले पुनरागमन गरेका छन्। उनी यसअघि सिनियर टोलीमा थिए।
देव र गुलशनबाहेक टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपकप्रसाद डुम्रे, हेमन्त धामी, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहोरा, उत्तम रन्गु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द रहेका छन्।
८ देखि १७ डिसेम्बरसम्म हुने प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ।
नेपाल रहेको समूहमा पाकिस्तान, अफगानिस्तान र भारत रहेका छन्। नेपालले समूह चरणको पहिलो खेल पाकिस्तानमा ८ मा खेल्ने छ।
नेपालसँगै जापान र यूएई छनोट चरण पार गरेर प्रतियोगितामा स्थान बनाएका हुन्।
अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका भने आईसीसीको फुल मेम्बर भएको कारण छनोट चरण पार गर्नु परेन।

| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |