← समाचारमा फर्कनुस्
Football Jun 27, 2026 · Swadesh

डेम्बेलेको ह्याट्रिकमा फ्रान्सको प्रभावशाली जित

डेम्बेलेको ह्याट्रिकमा फ्रान्सको प्रभावशाली जित

फ्रान्सले ओसमन डेम्बेलेको ह्याट्रिकको मदतले विश्वकप २०२६ मा शनिबार नर्वेमाथि प्रभावशाली ४–१ को जित निकालेको छ । यो जितपछि फ्रान्स लिग चरणका तीनै खेल जितेर नौं अंकमा समूहको शीर्षमा रह्यो ।

नर्वे भने छ अंकमा दोस्रो स्थानमा छ । दुवै टिम यसअघि नै नकआउट चरण पुगिसकेका थिए । डेम्बेलेले ७, २० र ३२ औं मिनेटमा गोल गरे । यस्तै अर्को एक गोल डिसाएर डोएको नाममा रह्यो ।

उनले दोस्रो हाफको इन्जयुरी समयको चौथो मिनेटमा गोल गरे । नर्वेका लागि थेलो असगार्डले २१ औं मिनेटमा एक गोल फर्काए । यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० ले हरायो ।

यो जितले सेनेगेलको पनि नकआउट चरण पुग्ने सम्भावना कायम रह्यो । सेनेगलको तीन अंक भएको छ । इराक भने सबै खेल हारेर शून्य अंकमै रह्यो । सेनेगलका लागि पापे गुएयेले दुई गोल गरे ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →