← समाचारमा फर्कनुस्
वुमन्स प्रिमियर लिगको उपाधि मुम्बईलाई

काठमाडौ- पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लुपीएल) टी–२० क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।
आइतबार मुम्बईस्थित ब्राबोन स्टेडियममा भएको फाइनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
दिल्लीले दिएको १३२ रनको लक्ष्य मुम्बईले ३ बल बाँकी छदा ३ विकेटको क्षतिमा पूरा गर्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन बनाएको थियो।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गरेको यस प्रतियोगिताको उपाधिसँगै मुम्बईले ६ करोड भारु र उपविजेता दिल्लीले ३ करोड भारु पुरस्कार पाएका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |