दशरथ रंगशालाले पायो पुन: अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले संरक्षण गर्न थाले पछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एशियाली फुटबल महासंघले अनुमति दिएको छ।
राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई एएफसीको आधिकारिक जवाफ माग गरे सँगै एन्फाको जवाफ अनुसार दशरथ रंगशालालाई एएफसीबाट योग्य रहेको रिर्पोट प्राप्त भएको छ।
विभिन्न प्रश्न उठाउँदै एफसीले केही समयदेखि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य भने पछि गत चैत्र महिनाबाट परिषद्ले खेल मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो। यसैबीच एएफसीका प्रतिनिधिले यही साउन ९ गते दशरथ रंगशालाको निरीक्षण तथा अवलोकन गरि मापदण्ड पुरा भएको प्रतिवेदन दिएको एन्फाले जानकारी दिएको छ।
दशरथ रंगशालाको खेलमैदान अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि योग्य भएको प्रतिवेदन दिए सँगै यहीँ साउन २९ गते एएफसी च्याजेन्ज लिग छनोटको प्लेअफ अन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइज युनाईटेडबीच खेल हुने भएको छ।
अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि रंगशाला अयोग्य भएको एएफसीले गत चैत्रमा प्रतिवेदन दिए पछि नेपालमा नै २०८० चैत्र ८ गते आयोजना हुनु पर्ने विश्वकप फुटबल अन्तर्गत दोस्रो चरणको नेपाल र बहराइनबीचको छनोट खेल बहराइनमा भएको थियो भने जेष्ठ २४ गते यूएईसँगको खेल साउदीमा भएको थियो। लामो समयदेखि एन्फाले संरक्षण गर्दै आएको खेल मैदान प्रति एएफसीले प्रश्न उठाए पछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले २०८० चैत्र देखि परिषद् आफैले रंगशालाको खेलमैदान संरक्षण र ममर्तको जिम्मा लिने निर्णय लिएका थियो।
मैदानले एसफसीबाट पुन: मान्यता पाएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली दर्शकले फेरी रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाउने बताए। उनले खेलमैदानको रेखदेख र संरक्षणमा राखेपले निकै मेहनत गरेको भन्दै संरक्षणमा अब कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |